नेपाली भाषा (Nepali Language), Skepticism

तर्क

तर्क

मनुष्य जाती एक प्रकारको झुट मिजासको प्राणी हो। आश्चर्य लाग्ला मेरो कुरा सुन्दा तर म यतार्थ बुझाउने प्रयास गर्दै छु।

झुटो, किनकी उस्ले जे पनि कल्पना गर्न सक्दछ, जे पनि बेल्न सक्दछ र नदेखेको अदृश्य कुरालाई पनि आफुले देखेझैं दाबी गर्न सक्दछ, विना कुनै प्रमाण नै किन नहोस्। सामाजिक प्राणी भएको कारण आफ्ना वरपरकालाई रिजाउन वा सताउन उ घरीघरी झुटको साथ लिने गर्दछ।

पैसा कमाउन होस्, धुन लागेको पीठो बिकाउन होस्, आशवासन दिन होस् वा भड्काउन हेस्; उ झुटो बोल्ने गर्दछ। कहिले गंगामा दुबुल्की लाएर ‘भग्वान देखें’ भनी भक्तजन बटुली हिँड्दछ, कहिले हिमालमा तपस्या गरेर आएँ भन्दछ, संसारमै नभएको जडिबुटीले क्यान्सर ठिक पारें पनि भन्दछ, सैकडौँ वर्ष पुरानो ग्रन्थहरूलाई जीवनको आधार बनाउनु पनि भन्दछ वा काल्पनिक वस्तु वा अवस्थाको श्रीजना गरी त्रास र भ्रम फैलाउने पनि गर्दछ।

तर उस्को झुट बोल्नुमा सधैं उसैको मात्र गलती पनी हुदैन। फेरी आश्चर्य लाग्ला कुरा सुन्दा, तर उस्को दिमागले नै उस्लाई झुटो बोल्न र झुटो देख्न बाध्य बनाएको हुन्छ। प्राणीहरूको प्रकृतीक श्रीजना क्रममा निकै पछि उत्पन्न भएको मानव जातीको दिमाग, चमत्कारी र जटिल त छदैं छ, तर आफैमा भ्रमित पनि हुने गर्दछ किनकी यो वैज्ञानिक रूपमा अझै पूर्ण वा सिद्ध भइसकेको छैन! मानिसको दिमागले त्यसकारण गलती धेरै गर्दछ। तर यती छिटो पनि नआत्तिऔं हामी! आशा नभएको होइन! दिमागले गलती गर्छ, झुट र भ्रम श्रीजना गर्छ, तर यस्को एक खुबी पनि छ, जुन अरू प्राणीमा हुदैन: तर्कशक्ती!

oa_cosmic_brain

जबकी माया, रिस, डर जस्ता भावनाहरू भने जन्मजात मानिसको दिमागभित्र जडित हुन्छ; तर्कशक्तीको भने नित्य अभ्यास, पाठ र अनुभव पछि मात्र उपयोग गर्न सकिन्छ।

यसै तर्कशक्तीको राम्ररी उपयोग गरे मात्र मानिसले बल्ल कसैले झुट बोलेको हो-हैन, ठम्याउन सक्दछ! कतिपय खण्डमा, तर्कशक्तीको प्रयोगले, आफ्नै दिमागले नै आफैसँग झूट बोली भ्रम श्रीजना गरेको हो-होइन भनेर पनि ठम्याउन मद्दत गर्दछ।

तर्कको बाटो लाग्ने हो भने न त कुनै देवताको त्रासमा बस्न पर्दछ, न त कुनै अन्धविश्वासको आधारमा बाँच्न पर्दछ र न त कसैको (न दमनकारी समाज, न कुनै समुहको) अधिनमा बाँधिन पर्दछ। तर्कको बाटोले हामीलाई अड्कल-अनुमान द्वारा निर्मीत शिष्ट र प्रगतीशील नैतिकता र वैज्ञानिक पद्धतीको आधारमा, कसैलाई शारिरीक वा मानसिक नोकसान नपुर्याउने ढंगले आफ्ने जीवन जीउन सिकाउँछ।

त्यशैले सुखद, सम्पन्न र प्रगतीशील समाज निर्माणको निम्ती आजैदेखी तर्कशील र विवेकशील बन्ने प्रयास र अभ्यास गरौं!

critical-thinking

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s